Section 16
पुनरावेदन गर्न अनुमति दिन सक्ने
(१) दफा १५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा अदालतले गरेको निर्णय वा अन्तिम आदेश उपर सर्वोच्च अदालतले पुनरावेदन गर्न अनुमति दिन सक्नेछः ०
(क) अदालतको निर्णय वा अन्तिम आदेशमा गम्भीर संवैधानिक
वा कानूनी त्रुटी भएको
(ख) सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त वा नजिरको
पालना नगरेको वा-गलत किसिमले व्याख्या गरी प्रयोग गरेको ।
(२) सम्बन्धित पक्षले अदालतबाट मुद्दामा निर्णय वा अन्तिम आदेश भएको थाहा पाएको मितिले पैंतीस दिनभित्र अदालत मार्फत्‌ वा सिधै सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अनुमतिको लागि निवेदन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम दिइने निवेदन साथ तोकिए बमोजिमका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ ।